कांग्रेसको सांगठनिक संरचना परिवर्तन हुदै  

नेपाली कांग्रेसले सांगठनिक संरचनामा व्यापक परिवर्तन गर्ने तयारी गरेको छ । कांग्रेस विधान मस्यौदा समितिले पार्टी पदाधिकारीसहित केन्द्रीय समितिको संख्या बढाउँदै कम्तीमा सात तहको संरचना बनाउने भएको छ ।
मुलुक संघीय संरचनामा गइसक्दा पनि पूरानै ढर्रामा चलिरहेको नेपाली कांग्रेसले अब भने पार्टी संरचनामा आमूल परिवर्तन गर्ने तयारी गरेको हो । आगामी मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा हुने महासमिति बैठकमा पेस गर्ने विधान मस्यौदामा कांग्रेसले थुप्रै नयाँ विषय समेट्ने तयारी गरेको छ । विधानमा सुझाव लिन पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बुधबार पार्टी कार्यालयमा बसेको थियो ।
सातै प्रदेशमा दुईरदुई समूह बनाएर सुझाव लिने तयारी पनि कांग्रेसले गरेको छ । हरेक विषयमा दुईरतीन समूहमा विभाजित हुने कांग्रेस नेताहरु पदाधिकारी र केन्द्रीय समिति थप गर्ने प्रस्तावमा भने एक देखिएका छन् ।
 

प्रतिकृया दिनुहोस

कांग्रेसको सांगठनिक संरचना परिवर्तन हुदै  

गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्या प्रकरणमा अनावश्यक राजनीतिकरण गरिएको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल चितवनले

कांग्रेसको सांगठनिक संरचना परिवर्तन हुदै  

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले कम्युनिष्टहरुमा पलाएको दुई तिहाईको दम्भले मुलुक दुर्घट्नाको संघारमा पुगेको बताएका छन् । कोईरालाले

कांग्रेसको सांगठनिक संरचना परिवर्तन हुदै  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताएका छन् । जननायक बीपी कोइरालाको १०५औं जयन्तीका