फिलिपिन्समा पनि आँधी ः१४ जनाको मृत्यु, ५० लाख प्रभावित

फिलिपिन्समा शनिबार शक्तिशाली आँधी आएपछि जनजीवन नराम्रोसँग प्रभावित भएको छ । म्याङ्खुट नामक शक्तिशाली आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ । आँधीले फिलिपिन्सको उत्तरी क्षेत्रमा विध्वंश मच्चाएको छ । लुजोन द्विपलाई तहसनहस बनाएपछि म्याङ्खुट आँधी पश्चिम चीनतर्फ अघि बढेको छ ।
आँधीले फिलिपिन्सका कयौं घरका छाना उडाएको छ भने ४२ स्थानमा पहिरो गएको छ । आँधीसँगैको भारी वर्षाका कारण ५० लाख मानिस प्रभावित भएका छन् ।
हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । १ सय ८५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीका कारण कमजोर संरचनाहरु ध्वस्त भएका छन् । आँधीकै कारण हवाई सेवाहरु अवरुद्ध हुनुका साथै बिजुली आपूर्ति बन्द भएको छ ।
मौसमविद्हरुले भारी बर्षा अझै केही दिन रहनसक्ने भएकाले सर्वसाधारणलाई सचेत हुन अपिल गरेका छन् ।
 

प्रतिकृया दिनुहोस

फिलिपिन्समा पनि आँधी ः१४ जनाको मृत्यु, ५० लाख प्रभावित

प्रकृतिपुजक किरातीहरुको महान् चाड रापवा स्यादर पिदार, चासोक तङ्नाम, उधौली नजिकिदै आएको छ । देश, विदेशमा रहेका किरातीहरुले आफ्नो भाषा, संस्कार,

फिलिपिन्समा पनि आँधी ः१४ जनाको मृत्यु, ५० लाख प्रभावित

आदिवासी जनजाती महासंघ कुवेतको तेस्रो अधिवेशन कुवेतको फर्वा्नियास्थित आइडियल अडिटोरियम हलमा शुक्रवार सम्पन्न भएको छ । अधिवेसनवाट अमृत तामाङको

फिलिपिन्समा पनि आँधी ः१४ जनाको मृत्यु, ५० लाख प्रभावित

अमेरिकामा भएको मध्यावधी निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको परीक्षणका रुपमा लिइएको यो निर्वाचनमा