कक्षा ११ को नतिजा आयो

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको हो ।
बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार नियमिततर्फ तीन लाख ३२ हजार आठ सय ९१, अक्षराङ्कन पद्धतीमो आंशिकतर्फ एक लाख ७६ हजार ४९ र अंक प्रणालीमा ४९ हजार पाँच सय पाँच विद्यार्थीे परीक्षामा सहभागि भएका थिए । परीक्षा फारम भरेका मध्ये २० हजार अनुपस्थित भएका थिए ।
नियमिततर्फ जिपिए ३.६५ देखि ४ सम्म ल्याउने एक हजार एक सय १५ विद्यार्थी छन् । जिपिए ३ देखि ३.६० ल्याउने आठ हजार नौ सय ४९, जिपिए २.८१ देखि जिपिए ३.२० ल्याउने २४ हजार पाँच सय १५ विद्यार्थी छन् । त्यसैगरी २.४१ देखि २.८० ल्याउने ४८ हजार सात सय ३१, जिपिए २.१ देखि २.४० ल्याउने ८६ हजार सात सय ७०, जिपिए १.६१ देखि २ ल्याउने ९२ हजार पाँच सय ९३ रहेका छन् । जिपिए १.२१ देखि १.६० ल्याउने ४१ हजार चार सय ६, जिपिए ०.८१ देखि १.२० ल्याउने आठ हजार एक सय २७ र जिपिए ० देखि ०.८० ल्याउने २० हजार ६ सय ८५ रहेका छन् ।
अंकाङ्कन पद्धतीमा परीक्षा दिएका आंशिक विद्यार्थीमध्ये ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् । कक्षा ११ को परीक्षा गत ९ जेठमा सम्पन्न भएको थियो ।
 

प्रतिकृया दिनुहोस

कक्षा ११ को नतिजा आयो

प्रकृतिपुजक किरातीहरुको महान् चाड रापवा स्यादर पिदार, चासोक तङ्नाम, उधौली नजिकिदै आएको छ । देश, विदेशमा रहेका किरातीहरुले आफ्नो भाषा, संस्कार,

कक्षा ११ को नतिजा आयो

मङ्सिर २८/इटहरी बिरामीलाई अवस्यक पर्ने रगत सहज रूपमा उपलब्ध गराउने उदेश्यले इटहरीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । इटहरी नमुना कलेज समाज कार्य

कक्षा ११ को नतिजा आयो

  खेमराज सापकोटा  इटहरी जनता बहुमुखी क्याम्पसमा नव आगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रमसँगै वृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ ।