बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको आराधना गरिँदै 


बडादसैँको दोस्रो दिन आज भगवती दुर्गाको दोस्रो स्वरूप ब्रह्मचारिणीको आराधना गरिँदैछ । नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्परा छ । तपस्यामा तल्लीन हुने  भएकाले दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो । 


नवरात्रका समयमा जमरा राखिएका दशैंघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने चलन छ । पूर्बी तराइका जिल्लामा मठमन्दीर , काठमाडौंको गुह्येश्वरी, संकटा, शोभा भगवती, मैतीदेवी, नक्साल भगवती, सिन्धुपाल्चोकको पाल्चोकभगवती,ललितपुरको बंगलामुखी काभ्रेको पलाञ्चोक भगवती, बाँकेको वागेश्वरी, गोरखाको मनकामना लगायत बिभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ ।


त्यस्तै दसैँ सुरु भएसँगै उपत्यकाबाट बाहिर जानेको संख्या बढ्न थालेको छ । दैनिक एक लाख जनाभन्दा बढी सर्वसाधारण उपत्यकाबाट गृहजिल्लातर्फ जान थालेको ट्राफिक प्रहरीले जनाएको छ ।


मंगलबार एक लाख १७ हजार सर्वसाधरण उपत्यकाबाट बाहिरिएका छन् । सोमबार ९० हजार बाहिरिएका थिए । बुधबारदेखि बाहिरिने यात्रुको चाप झन् बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता प्रहरी निरीक्षक जितेश दाहालले बताए ।


दसैँको वेला उपत्यकाबाट दुईतिहाइ सर्वसाधारण बाहिरिने गरेको विगतको तथ्यांक छ । धेरैजसो घटस्थापनापछि गृहजिल्ला जाने गर्दछन् । यातायात व्यवसायीका अनुसार हालसम्म करिब एक लाख यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन् । दसैँका गृहजिल्ला जाने यात्रुहरूको सहजताका लागि ट्राफिक प्रहरीले विभिन्न स्थानमा यात्रु सहायता कक्ष राखेको छ । विगतको तुलनामा धेरै गुनासो नआएको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको आराधना गरिँदै 

प्रकृतिपुजक किरातीहरुको महान् चाड रापवा स्यादर पिदार, चासोक तङ्नाम, उधौली नजिकिदै आएको छ । देश, विदेशमा रहेका किरातीहरुले आफ्नो भाषा, संस्कार,

बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको आराधना गरिँदै 

मङ्सिर २८/इटहरी बिरामीलाई अवस्यक पर्ने रगत सहज रूपमा उपलब्ध गराउने उदेश्यले इटहरीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । इटहरी नमुना कलेज समाज कार्य

बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको आराधना गरिँदै 

  खेमराज सापकोटा  इटहरी जनता बहुमुखी क्याम्पसमा नव आगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रमसँगै वृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ ।