प्रदेश १ मा विकासे अड्डाको कमिसनमोह भङ्ग हुने

प्रदेश नम्बर १ का मुुख्यमन्त्री शेरधन राईले विकासे अड्डाको कमिसनमोह भङ्ग हुने बताएका छन् ।


इटहरीमा रहेको प्रदेश नम्बर १ को यातायात निर्देशनालय कार्यालयको आज उद्घाटन गर्दै यस्तो बताएका हुन् । राईले कुल बजेटको ४० प्रतिशत रकम सडकको पूर्वाधार निर्माणमा खर्च भइरहेको भन्दै यसको अधिकतम उपलब्धि प्राप्तितर्फ जाने जानकारी दिए ।


सङ्घीय सरकार अन्तर्गतका यातायात व्यवस्था मन्त्रालयका सचिव सागर राईले यो कार्यलयअन्तर्गत सडक हेर्ने ५ कार्यालय विभिन्न जिल्लामा रहेको जानकारी दिए । उनले लाइसेन्स, सडक अनुुशासन, सडक निर्माण तथा पूर्वाधार विषयबारे नियमन गर्ने जानकारी दिए ।


प्रदेश १ का प्रमुख सचिव केदार न्यौपानेले अबको समय पप्पुु प्रवृत्तिबाट मुुक्त हुनुको विकल्प नभएको भन्दै यो कार्यालयले नवीन सोच राखेर सडकको पूर्वाधार निर्माण गर्ने जानकारी दिए ।


कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी, प्रदेश सांसद सर्वध्वज साँवालगायतले बोलेका थिए ।


इटहरी–४ को हलगडामा प्रदेश १ का १४ जिल्लाको सडक, पुल र सम्पूर्ण यातायातसँग सम्बन्धित रहने कार्यालय हेर्ने गरी प्रदेशस्तरीय कार्यालय खोलिएको छ । हाल भाडामा रहेको सो कार्यालयलाई केही समयपछि आफ्नै भवनमा सारिने बताइएको छ । यस कार्यलयअन्तर्गत ६ अर्ब बजेट विकास निर्माणमा खर्च गरिने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

प्रदेश १ मा विकासे अड्डाको कमिसनमोह भङ्ग हुने

प्रकृतिपुजक किरातीहरुको महान् चाड रापवा स्यादर पिदार, चासोक तङ्नाम, उधौली नजिकिदै आएको छ । देश, विदेशमा रहेका किरातीहरुले आफ्नो भाषा, संस्कार,

प्रदेश १ मा विकासे अड्डाको कमिसनमोह भङ्ग हुने

मङ्सिर २८/इटहरी बिरामीलाई अवस्यक पर्ने रगत सहज रूपमा उपलब्ध गराउने उदेश्यले इटहरीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । इटहरी नमुना कलेज समाज कार्य

प्रदेश १ मा विकासे अड्डाको कमिसनमोह भङ्ग हुने

  खेमराज सापकोटा  इटहरी जनता बहुमुखी क्याम्पसमा नव आगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रमसँगै वृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ ।