टी २० विश्वकप एसिया पूर्वी क्षेत्र छनौटमा नेपाल च्याम्पियन

नेपाल आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ प्रतियोगिताको च्याम्पियन बनेको छ । शुक्रबार सिंगापुरसँगको खेल वर्षाले रद्द गरेपछि नेपाल च्याम्पियन भएको हो । राउन्ड रोबिन लिगको अन्तिम खेल अगाडि नेपाल र सिंगापुरको दुवैको १० अंक थियो । तर सिंगापुर भन्दा नेपाल रनरेटमा अगाडि थियो ।

शुक्रबारको खेल रद्द भएपछि नेपालले सिंगापुरलाई रनरेटमै उछिन्दै च्याम्पियन भएको हो ।

मलेसियाको क्वलालम्पुरस्थित बायुमास ओभल खेल मैदलानमा नेपालले टसजितेपछि व्याटिङमा आएको सिंगापुर १३।३ ओभरमा ८१ रन बनाउँदै अलआउट भयो । नेपालबाट सन्दीप लामिछानेले ४, सोमपाल कामी र करण केसीले २र२, ललित राजवंशी र बसन्त रेग्मीले १र१ विकेट लिए ।

नेपालले ३ बल खेली १ रन बनाउँदै १ विकेट गुमाएको अवस्थामा वर्षाले खेल प्रभावित पारेको थियो । ओपनर अनिल साह शुन्यमै आउट भए ।

सात राष्ट्र सम्मिलित यस प्रतियोगिताबाट शीर्ष तीनमा रहेका नेपाल, सिंगापुर र मलेसिया दोस्रोचरणको एसिया छनोटमा पुगेका छन् ।


कीर्तिमानी सन्दीप
सन्दीप लामिछमाने एकै प्रतियोगितामा नेपालको लागि सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । उनले प्रतियोगिता भरी कुल २४ विकेट लिए । शुक्रबार सिंगापुरसँगको खेल अगाडि सन्दिपले ५ खेलमा २० विकेट लिइसकेका थिए । शुक्राबार चार विकेट थप्दै सन्दीप नेपालका किर्तीमानी बलर बनेका हुन् ।
यसअघि बसन्त रेग्मीले २०१२ को विश्व क्रिकेट लिग डिभिजन(४ मा २१ विकेट लिएका थिए । सो प्रतियोगिता पनि मलेसियामा नै भएको थियो ।(कान्तिपुर)
 

प्रतिकृया दिनुहोस

टी २० विश्वकप एसिया पूर्वी क्षेत्र छनौटमा नेपाल च्याम्पियन

प्रदेस नम्वर १ का तेक्वान्दो खेलाडिहरु छनोट गर्ने उदेश्यले सुनसरीको इटहरीमा भएको छनोट प्रतियोगिताबाट ३६ जना खेलाडीहरु छनोट भएका छन । इटहरी

टी २० विश्वकप एसिया पूर्वी क्षेत्र छनौटमा नेपाल च्याम्पियन

बङ्गलादेशको राजधानी ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत भुटानविरुद्धको खेलमा नेपालले ४–० को फराकिलो जित दर्ता गरेको छ। बङ्गबन्धु

टी २० विश्वकप एसिया पूर्वी क्षेत्र छनौटमा नेपाल च्याम्पियन

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज नेपाली समयअनुसार दिउँसो पौने ४ वजे भुटानसँग प्रतिस्प्रधा गर्ने छ ।