१८ बर्षपछी पुनः शालीकको अनावरण

खेमराज सापकोटा , 

खोटाङको जनतेढुङ्गा गाँउपालीकाको चिसापानी बजारमा जननायक बिपि कोइरालाको शालीक अनावरण गरीएको छ । नेपाली कांग्रेसका केन्द्रीय माहामन्त्री डा. शसांक कोइराला कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडैलले  संयुक्त रुपमा शालीकको अनावरण गर्नुभएको हो ।


कार्यक्रममा डा. शसांक कोईरालाले पाटी भीत्र रहेका गुट उपगुटको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । उहाँले पाटीभित्रका सम्पुर्ण गुटउपगुटलाई एकताबद्ध ढङगले अगाडी बढाएमाा नेपाली कांग्रेस पहिलो स्थानमा आउने बताउनुभएको छ । कांग्रेसको योजना नेपाललाइ समृद्ध पार्ने रहेको बताउदै पार्टीले देश र जनताकोलागी धेरैकाम गरेको र अर्को चुनावमा कांग्रेस जसरी पनि पहिलो हुनेमा कार्यकर्तालाइ ढुक्क हुन आग्रह गर्नुभएको छ । 


यसैबिचमा नेता प्रदिप पौडेलले नेकपाको एकता देशको ढुकुटीलाइ बाँडीचुडी खानेमेलोमात्र भएको आरोप लगाउनुभएको छ । कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले सन्सारमै दुई पार्टी अध्यक्ष रहेको देश नेपालमात्रै भएकाले प्रचण्डले आफु प्रधानमन्त्री बन्न ओलीलाई उचालेको समेत आरोप लगाउनुभएको छ ।


चिसापानी बजारको बिच भागमा शालीकको निर्माण गरीएको हो । उक्त स्थानमा बि.स. २०५४ सालमा पनि स्व. गिरीजा प्रसाद कोइरालाले शालीकको अनाबरण गर्नुभएको थियो । तर शशस्त्र द्धन्द्धको समयमा खम्वुवान समुहले शालीक भक्ताएका थिए । भक्ताएपछि काँग्रेसले लामो समयपछि पुन ः शालीकको निर्माण गरेको हो । शालीक निर्माण गर्न ३ लाख बराबरको खर्च लागेको र सो खर्च बिभिन्न दाताहरुबाट संकलीत रहेको सालीक निर्माण समितिका सदस्य तारानाथ भट्टराईले जानकारी दिनुभयो ।

तस्बिरः रुपेश कोइरालाको फेश्बुकबाट

प्रतिकृया दिनुहोस

१८ बर्षपछी पुनः शालीकको अनावरण

गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्या प्रकरणमा अनावश्यक राजनीतिकरण गरिएको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल चितवनले

१८ बर्षपछी पुनः शालीकको अनावरण

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले कम्युनिष्टहरुमा पलाएको दुई तिहाईको दम्भले मुलुक दुर्घट्नाको संघारमा पुगेको बताएका छन् । कोईरालाले

१८ बर्षपछी पुनः शालीकको अनावरण

नेपाली कांग्रेसले सांगठनिक संरचनामा व्यापक परिवर्तन गर्ने तयारी गरेको छ । कांग्रेस विधान मस्यौदा समितिले पार्टी पदाधिकारीसहित केन्द्रीय समितिको