तिहार लाग्यो , आज काग तिहार

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजबाट शुरु भएको छ । यमपञ्चक पनि भनिने तिहारको पहिलो दिन आज कागको पूजा गरी मनाइँदै छ ।

आज कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूत र प्रकृतिको कुचिकार पनि भनिन्छ । आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा काग रुपी महादेवलाई पूजा गर्ने भक्तजनको भीड लाग्छ ।

आजै बेलुकादेखि घरघरमा परिवार संख्याका आधारमा यमदीप दान गर्ने विधि छ ।यमपञ्चकको दोस्रो दिन कुकर तिहार र तेस्रो दिन लक्ष्मी पूजा गरिन्छ । चौथो दिन गोबर्द्धन पूजा गरेपछि पाँचौं दिन भाइटीका लगाइन्छ । यस वर्षको भाइटीकाको साइत कात्तिक २३ गते शुक्रबार मध्याहृन ११ बजेर ५५ मिनेटमा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

तिहार लाग्यो , आज काग तिहार

मोरङको लेटाङ नगरपालिका ८, मदनपुरमा विहिवार आगलागी भएकोछ ।  विद्युत सर्ट आगलागी हुदा स्थानिय वंशराज दाहालको काठको दुई तले घर ,गुवाली घरमा भएका गरगहना

तिहार लाग्यो , आज काग तिहार

गत बर्ष आजकै दिन तत्कालिन सरकारले प्रदेश नम्वर १को अस्थायी मुकाम धनकुटामा नराख्ने निर्णय गरी अन्यतै तोक्ने निर्णय गरी धनकुटालाई ठूलो अन्याय गरेको

तिहार लाग्यो , आज काग तिहार

प्रदेश नं १ को हिउँदे अधिवेशन माघ २० गतेबाट सुरु गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । आज विराटनगरमा प्रदेश मन्त्रिपरिषद्को बैठकले स्थायी राजधानी र