लक्ष्मी जयन्तीमा इटहरीमा कविता वाचन


महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जन्मजयन्ती देश तथा बिदेशमा बिभिन्न कार्यक्रमको  आयोजना गरी मनाइयको छ ।  महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभएको थियो । 


यसै अबसर पारेर इटहरी ५ पचरुखीमा कविता वाचन सम्पन्न भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक रहेको स्थानमा भेला भई इटहरी र इनरुवाका कविहरुले कविता वाचन गरेका हुन् । कार्यक्रममा इटहरी उप महानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी, प्रा डा बद्रीविशाल पोख्रेल, कृष्णविनोद लम्साल, भैरव सापकोटा, रामप्रसाद खरेल, जगदीश सापकोटा लगायतले लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक व्यक्तित्व र समसामयिक साहित्यका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।


कार्यक्रम प्रगतिशील लेखक सङ्घ सुनसरी, इटहरी साहित्यिक समूह, अच्छा राई ‘रसिक’ साहित्य प्रतिष्ठान र जनजागरण पुस्तकालयको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस

लक्ष्मी जयन्तीमा इटहरीमा कविता वाचन

           कबिता                              खेमराज सापकोटा ‘रोचक’ कुनै स्त्री जातीको नाम पनि त हुन सक्छनी कवीता ।। कुनै कबिको

लक्ष्मी जयन्तीमा इटहरीमा कविता वाचन

खेमराज सापकोटा   इटहरीमा साहीत्यको कलम उठीरहेको बेला पहिलोपटक साहीत्यको कलम उचाल्नुभएका सन्तोष थापाले  कथा र कबिताको संगम ‘खै के ?’ नामक

लक्ष्मी जयन्तीमा इटहरीमा कविता वाचन

भाद्र १६  / बीपी कोइराला स्मृति ट्रष्टले यस बर्षको बीपी सेनानी सम्मान पुरस्कार चक्रप्रसाद बाँस्तोलालाई दिने निर्णय गरेको छ । प्रजातन्त्र स्थापनाको