सोलुखुम्बु र पाँचथरमा पहिरोबाट २७ घर बिस्थापित 

पहिरोका कारण सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ भकाञ्जेमा दुई घरपरिवार विस्थापित भएका छन् । विस्थापित हुनेमा स्थानीयवासी सुब्बा थामी र सुकवीर थामीको परिवार रहेका छन् । निरन्तरको वर्षात्का कारण भदौ १ गते घरआँगनबाटै पहिरो गएपछि दुई घर विस्थापित भएको सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैविक प्रकोप उद्धार समितिका संयोजक टुक्ति शेर्पाले जानकारी दिएका छन ।
निरन्तरको वर्षात्का कारण सुख्खा ठाउँबाट नै पानीको मूल फुट्न थालेपछि पहिरो गएको पीडित थामीले बताउनुभयो । पहिरोले घरपरिवार नै विस्थापित भएपछि वडा कार्यालयले व्यवस्थापनको प्रयास शुरु गरेको जनाएको छ । 
उता पहिरोका कारण पाँचथरको याङवरक गाँउ पालिका वडा नम्वर ३ ओयाममा २५ घर विस्थापित भएका छन ।बस्ती माथि करिब ६० मिटर लामो जमिन क्षेत्र लच्केर पहिरो खस्न थालेपछि परिवारका ७९ जना सदस्य बिस्थापित भएका हुन् ।
पहिरोका कारण स्थानिय हरिराज सेलिङ,हर्क सेलिङ,अमृत सेलिङ,चन्द्रम सेलिङ,रामप्रसाद सेलिङ,माइतराज थोक्लिहाङ,आइतराज सेलिङ,सुकवहादुर सेलिङ देउकुमार सेलिङ,हर्क सेलिङ,रमेश सेलिङ र सुवाष सेलिङ सहित २५ परिवार विस्थापित भएको याङवरक ३ का वडासदस्य मचिन्द्र सेलिङले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सोलुखुम्बु र पाँचथरमा पहिरोबाट २७ घर बिस्थापित 

जलवायुसम्बन्धी ग्लोबल रिस्क इन्डेक्स २०१९को एउटा तथ्यांकले नेपाल जलवायु परिवर्तनबाट सबैभन्दा बढी जोखिममा रहेका राष्ट्रहरुको सूचीमा रहेको पाइएको छ

सोलुखुम्बु र पाँचथरमा पहिरोबाट २७ घर बिस्थापित 

वादरको उपद्रो वढेपछि भोजपुर दलगाउँका स्थानिय गाउँ नै छाड्न वाध्य भएका छन् । राम प्रसाद राई गाउँपालिका –४ अन्र्तगत पर्ने यस ठाउँका स्थानिय वाँदरको

सोलुखुम्बु र पाँचथरमा पहिरोबाट २७ घर बिस्थापित 

पूर्वाञ्चलमा धान खेति हुँदै आएको मध्ये २८ हजार हेक्टर जमिन यस वर्ष बाँझै रहेको छ । पूर्वमा चार लाख ६६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको थियो